कनिका खबर
असोज ९ दाङ ।
नेपाली काङग्रेस फुटेर होईन जुटेर अगाडि वढ्न जरुरी रहेको आज शुक्रवार तुलसिपुरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले वताएका छन । कङग्रेसको सुवेच्छुक सस्थाका रुपमा भर्खरै स्थापना भएको स्कुल अफ डेमोक्रेसी जिल्ला समिती दाङको पद स्थापना तथा विपिको प्रजातान्त्रिक समाजवाद र मौलिक हक विषयक सम्वाद कार्यक्रमका सहभागीहरुले काङग्रेस बलियो भए मात्र देश बलियो हुनेमा जोड दिएका थिए ।
सस्थाका संयोजक विमला योगीको अध्यक्षता एवं नेपाली काङग्रेस दाङका सभापति कृति वहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि खड्काले प्रजातन्त्र बलियो वनाउन प्रजातन्त्रमा आस्थावान सवैले आफ्नो कर्तव्य पूरा गर्न आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘पछिल्लो समय हामी सवैले कर्तव्य बिर्सियौं यसकारण पनि हामी कमजोर हुन पुग्यौ । अब यसलाई सुधारेर अगाडि बढ्न जरुरी छ त्यसका लागि सवैको साथ र सहयोगको अपेक्षा गरेका छौं ।’
कार्यक्रममा कङग्रेस दाङका पुर्व सभापति विरकेशरी गौतम, संविधान सभा सदस्य राजु खनाल, महादेव शाह, कमलकिशोर घिमिरेले महामानव बिपी कोईराला मौलिक हक प्राप्तीका लागि जीवनभर लडेको स्मरण गर्दै प्रजातन्त्रको रक्षाका लागि काङग्रेस सदैव एक भएर लड्न आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा कङगे्रस दाङका कोषाध्यक्ष सावित्रा राना, देवका नेपाली, भुप वहादुर डाँगी, गिरीजा न्यौपाने, भेषराज पाण्डे, सुवोध रेग्मी, अरुण लहरे, गंगा चौधरी लगायतकाले बोलेका थिए । सह संयोजक शुष्मा गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बिपीको प्रजातन्त्र र समाजवादका बारेमा आधार पत्र वरिष्ठ अधिवक्ता डिल्लीराज धिताल र सहजीकरण सचिव लिला शाहले गरेका थिए ।