मौसम अपडेट :आजदेखि मौसम खुल्दै जाने – Kanika Khabar
Thursday, March 28Nepali News Portal

मौसम अपडेट :आजदेखि मौसम खुल्दै जाने

    मा प्रकाशित

कनिका खबर
असोज १०, दाङ ।

आजदेखि नेपालमा वर्षा कम भई मौसम खुल्दै जाने मौसमविदले जनाएका छन् ।

बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले शनिबारदेखि मौसममा सुधार आउने देखिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविदहरूले शनिबारदेखि केही क्षेत्रमा मौसम खुले पनि मनसुन सकिन अझै केही लाग्ने बताएका छन् ।

मौसमविदहरुका अनुसार आज भने देशभर मौसम खुल्नेछ ।

हाल भारतको विहारमा न्युनचापीय क्षेत्र रहेको छ र यो न्युनचापीय क्षेत्र उत्तर(पुर्वतर्फ सरेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज कर्णाली प्रदेश, सुदुर(पश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

यस्तै आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरू तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही थेरै स्थानहरुमा मेग गर्जनर चट्याङ्ग हल्का देखि वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, र प्रदेश नं २ को एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश,र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरू तथा प्रदेश न ५ , कर्णाली प्रदेश र सुदुर(पश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १र गण्डकी प्रदेशका का एकर दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा प्रदेश नं १ र प्रदेश नं २ का एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्