नेपाल क्रिकेट संघ क्यानले गरेको खेलाडी ग्रेडिङमा असन्तुष्टि – Kanika Khabar
Sunday, April 27Nepali News Portal

नेपाल क्रिकेट संघ क्यानले गरेको खेलाडी ग्रेडिङमा असन्तुष्टि

    मा प्रकाशित

कनिका खबर
असोन १०, दाङ ।
नेपाल क्रिकेट संघ क्यानले गरेको खेलाडी ग्रेडिङमा खेलाडीहरुले असन्तुष्टि जनाएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरूले नेपाल क्रिकेट संघ क्यानले गरेको खेलाडी ग्रेडिङमा असन्तुष्टि जनाएका हुन् ।

नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडीले क्यानलाई ग्रेडिङ पुनरावलोकनका लागि ज्ञापन पत्र बुझाएको पूर्व कप्तान पारस खड्काले बताएका छन् ।

क्यानले चितवनमा बुधबार सम्पन्न बोर्ड बैठकबाट राष्ट्रिय पुरुष क्रिकेट टीमका १८ खेलाडीलाई ए, बी र सी गरी तीन श्रेणीमा वर्गीकरण गरेको थियो ।

पुरुष टोलीको नयाँ ग्रेड

ग्रेड ‘ए’ – ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी

ग्रेड ‘बी’ – सुशन भारी, सोमपाल कामी, आरिफ शेख, पवन सरार्फ

ग्रेड सी’( सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, अभिनाष बोहोरा र कमलसिंह ऐरी

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्