आईपीएल क्रिकेटमा दिल्लीसँग हा¥यो चेन्नई, आज कोलकत्ता र हैदरबादबीच खेल हुने – Kanika Khabar
Friday, May 1Nepali News Portal

आईपीएल क्रिकेटमा दिल्लीसँग हा¥यो चेन्नई, आज कोलकत्ता र हैदरबादबीच खेल हुने

    मा प्रकाशित

कनिका खबर
असोज १०, दाङ
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । गयराति भएको खेलमा चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गर्दै दिल्लीले लगातार दोस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानममा दिल्लीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि फाप डु प्लेसिसले ४३ रन बनाउनुभयो । दिल्लीका कागिसो राबडाले ३ विकेट लिनुभयो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । दिल्लीका लागि ओपनर पृथ्वी शले ६४ रन बनाउनुभयो । जितसँगै दिल्लीले २ खेलमा ४ अंक जोडेको छ र अंक तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ । चेन्नई भने ३ खेलमा २ अंक जोेड्दै तालिकाको पाँचौं स्थानमा रहेको छ । आईपीएल क्रिकेटमा आज सन् राईजर्स हैदराबाद् र कोलकत्ता नाईटराईडर्स बीच प्रतिस्पर्धा हुनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्