सिन्धुपाल्चोकको तीनपाटनमा बंगुरको ब्लक निर्माण गरिने – Kanika Khabar
Friday, March 13Nepali News Portal

सिन्धुपाल्चोकको तीनपाटनमा बंगुरको ब्लक निर्माण गरिने

    मा प्रकाशित

कनिका खबर
असोज १०, सिन्धुली
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीले यो बर्ष तीनपाटन गाँउपालिकामा बंगुरको व्यवसायिक कृषि उत्पादन केन्द्र(ब्लक) निर्माण गर्ने भएको छ । संघिय सर्शत कार्यक्रमको प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना अन्र्तगत उक्त ब्लक निर्माण हुने केन्द्रले जनाएको छ । विकास कार्यक्रम संचालनका लागि तीनपाटन गाउँपालिकामा ३० लाख बजेट विनियोजन भएको केन्द्रका बरिष्ठ चिकित्सक गौरीमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रले आफ्नो कार्यक्षेत्र रहेको सिन्धुली र रामेछाप जिल्लामा चालु आर्थिक बर्ष २०७७/०७८ मा २५ वटा कार्यक्रम गर्ने भएको छ । यो बर्ष कृषक उद्यमी परिचयपत्र वितरण कार्यक्रम, हिउँदे, बर्षिय, बहुबर्षिय घाँस बिउविजन, वेर्ना विरुवा बृद्धि कार्यक्रम, घाँसको नर्सरी स्थापन, निःशुल्क रेविज विरुद्धको खोप कार्यक्रम, पालिकाहरुको सहकार्यमा सामुदायिक कुकुरमा बन्ध्याकरण, संघीय सरकारको समन्वयमा पशुपन्छिमा लाग्ने संक्रामक रोग विरुद्धको खोप कार्यक्रम संचालान हुने छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्