आज देशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना – Kanika Khabar
Tuesday, January 20Nepali News Portal

आज देशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना

    मा प्रकाशित

कनिका खबर
असोज ११, काठमाडौं
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले आज भारतको बिहारमा न्यून चापीय क्षेत्र कमजोर हुने क्रममा रहेको जनाएको छ । महाशाखाले हाल प्रदेश नम्बर १ मा पूर्णतया बदली रहेको र बाँकी प्रदेशमा सामान्य बदली रहेको महाशाखाले जनाएको छ । यसैगरी, आज दिउँसो प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, प्रदेश नम्बर १ का एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यस्तै, राति प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्