डा.गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै – Kanika Khabar
Tuesday, January 20Nepali News Portal

डा.गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै

    मा प्रकाशित

कनिका खबर
असोज ११, काठमाडौं
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै अनशनमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै गएकाले कुनै पनि समय आईसीयूमा भर्ना गर्नुपर्ने स्थिति आउन सक्ने चिकित्सकहरूले बताएका छन् । उहाँको मुटुको चालमा गडबडी देखिए वा संक्रमण भए स्थिति जोखिमपूर्ण हुने चिकित्सकहरूको भनाइ छ । शरीरमा पोटासियमको स्तरमा आएको कमीले गर्दा डा. केसीमा मांसपेशी बाउँडिने, गल्ने, कमजोर हुने लगाएतका समस्या देखिएको छ । जसका कारण मुटुको चालमा असामान्यता आउने सम्भावना समेत देखिएको छ । सुगरको कमी हुँदा मस्तिष्कमा समेत समस्या उत्पन्न गर्न सक्ने जोखिम छ । जुम्लाबाट १९ औं सत्याग्रह थाल्नुभएका डा.केसी चार दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना हुनुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्