पर्वतको एउटा गाउँमा पाडापाडी बध गर्न रोक – Kanika Khabar
Monday, April 21Nepali News Portal

पर्वतको एउटा गाउँमा पाडापाडी बध गर्न रोक

    मा प्रकाशित

कनिका खबर
असोज ११, पर्वत 
पर्वतको मोदि गाउँपालिका वडा नम्बर ५ बाजुङमा भैंसीका लैना पाडापाडी बध रोक लगाईएको छ । बाजुङ खलित सञ्जालले लैना पाडापाडी बध गरेर नखाने सामूहिक निर्णय गरेको हो । स्थानीय जातका भैँसी संरक्षण गर्नुपर्ने निष्कर्ष सहित दलित समूदायले पाडापाडी बध गरेर नखाने निर्णय गरेका हुन् । गाउँमा दलित समूदाय भेला भएर अबका दिनमा पाडापाडी पाल्ने निर्णय गरेको बाजुङ दलित सञ्जालका सचिव लक्ष्मी परियारले जानकारी दिनुभयो । स्थानीय पारकोटे र लिमी जातका भैँसी लोप हुँदै गएका छन् । पाडापाडी जन्मिने वित्तिकै बध गरेर खाने चलनका कारण स्थानीय जातको भैँसी हराउन थालेको र मूल्य समेत बढ्दै गएको छ । भैँसी संरक्षण गर्ने अभियान स्वरुप दलित समूदायले पाडापाडी नखाने र पाल्ने निर्णय गरेको परियारले बताउनुभयो । सञ्जालको निर्णय पालना नगर्नेलाई कारवाही गरिने भएको छ । पाडापाडी बध गरेर खाएमा ५ सय रुपैयाँ जरिवाना लगाउने निर्णय भएको दलित सञ्जालले जनाएको छ । वडाध्यक्ष दलबहादुर मल्लले दलित समूदायको भेलाले गरेको निर्णय सकारात्मक रहेको र वडाले पनि यो अभियानलाई कार्यान्वयन गर्न सहयोग गरेको बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्