कार्यदल नै बनाएर जोखिमका बस्ती स्थानान्तरणमा नेकपाको अग्रसरता – Kanika Khabar
Sunday, May 28Nepali News Portal

कार्यदल नै बनाएर जोखिमका बस्ती स्थानान्तरणमा नेकपाको अग्रसरता

    मा प्रकाशित

कनिका खबर
असोज ११, सिन्धुपाल्चोक
विपद् संकटग्रस्त जिल्ला सिन्धुपाल्चोकका जोखिमयुक्त बस्ती स्थानान्तरणका लागी नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले तदारुकता देखाएको छ । निरन्तर विपद श्रृङ्खला दोहोरीएपछि जिल्लास्तरीय कार्यदल नै बनाएर गाउँबस्तिमा पसेको नेकपाले शनिबार जनप्रतिनीधि र नेताहरुबिच अन्तरक्रिया गरेको छ । सरकारले सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त जिल्ला घोषणा गरेसँगै नेकपा सिन्धुपाल्चोकले हिजो जोखिमयुक्त बस्ती स्थानान्तरणको प्रारम्भिक सर्वेक्षण प्रतिवेदनमाथि पार्टी र जनप्रतिनीधिबीच छलफल गरेको छ । हिजो सुकुटेस्थित सुनकोसी विच रिसोर्टमा पार्टीबाट निर्वाचित जिल्लैभरका स्थानीय सरकारका प्रतिनीधि र पार्टी नेताबिच अन्तरक्रिया गर्दै नेकपाले बस्ती स्थानान्तरण सम्बन्धि प्रारम्भिक प्रतिवेदनमा छलफल गरेको हो । नेकपा जिल्ला कार्यालयले प्राकृतिक प्रकोप अध्ययन, न्यूनिकरण तथा सहजिकरणका लागि जिल्लास्तरीय कार्यादल नै गठन गरि नेताहरुलाई बाढी पहिरोग्रस्त क्षेत्रमा खटाएको थियो । ७ सदस्ययी कार्यदलले बाढी पहिरोग्रस्त क्षेत्रमा पुग्दै पीडित प्रभावितसँग अन्तरक्रिया गरि सुरक्षित स्थानमा बस्ति स्थानान्तरणका लागी सम्बन्धित निकायमा सिफारीस गर्ने भएको छ । जिल्लाका जोखिमयुक्त बस्तिको पहिचान र स्थानान्तरणका लागी बैकल्पिक स्थानसहितको प्रतिवेदन सम्बन्धित निकायमा पेश गरिने नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्