कोरोना कहरमा प्रदेश नं. ५ – Kanika Khabar
Thursday, March 28Nepali News Portal

कोरोना कहरमा प्रदेश नं. ५

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २७, दाङ ।
केही दिन अघिसम्म कोराना कहरमा ‘ग्रिन’ जोन बनेको प्रदेश नं. ५ अहिले ‘रेड’ जोनको सूचिमा परेको छ । बाँकेको नेपालजञ्ज र रुपन्देहीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रदेश नं. ५ पनि कोरोना सङ्क्रमण प्रदेशमा परेको हो ।

पछिल्लो अध्यावधिक अनुसार कपिलवस्तुमा थप तीनजनामा संक्रमण पुष्टि भएसँगै पाँच नम्बर प्रदेशमा कोरोना संक्रमतिको संख्या ३० पुगेको छ । यो प्रदेशका तीन जिल्ला बाँके, कपिलवस्तु र रुपन्देहीमा कोरोना सङ्क्रमित फेला परेका छन् । सबै भन्दा बढी बाँके प्रभावित बनेको छ । बाँकेमा कोरोना सङ्क्रमतिको सङ्ख्या २४ जना छ । यसैगरी कपिलवस्तुमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ पुगेको छ भने रुपन्देहीमा सङ्क्रमितको संख्या १ छ । सीमा साँध जुधेका कपिलवस्तु र बाँकेमा कोरोना सङ्क्रमतिको सङ्ख्या बढ्दै गएपछि दाङमा सङ्क्रमणको उच्च जोखिम बढेको छ । अहिले दाङ पनि कोरोना सङ्क्रमणको ‘रेड’ जोनको सूचिमा छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्