आईपीएल क्रिकेटमा कोलकत्ताको पहिलो जित, आज राजस्थान र पञ्जाबबीच खेल हुने – Kanika Khabar
Friday, April 19Nepali News Portal

आईपीएल क्रिकेटमा कोलकत्ताको पहिलो जित, आज राजस्थान र पञ्जाबबीच खेल हुने

    मा प्रकाशित

कनिका खबर
असोज ११, दाङ
कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । अबुधाबीमा गयराति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै कोलकत्ताले पहिलो जित निकालेको हो । शेख जायद स्टेडियममा हैदराबादले दिएको १ सय ४३ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा ग¥यो । कोलकत्ताको जितमा शुभमन गिलले अविजित रहदै ७० रन बनाउनुभयो । यस्तै इयान मोर्गनले अविजित ४२ रन बनाउँदा नितिस रानाले २६ रन बनाउनुभयो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । हैदराबादका लागि मनिस पाण्डेले ५१ रन बनाउँदा, कप्तान डेभिड वार्नरले ३६ रन बनाउनुभयो । जितसँगै कोलकत्ताले २ खेलमा २ अंक जोडेको छ र अंक तालिकाको पाचौं स्थानमा उक्लिएको छ । लगातार दुई खेल हारेको हैदराबाद अंक तालिकाको पुछारमा छ । आईपीएल क्रिकेटमा आज, राजस्थान रोयल्स् र किङ्स इलेवेन पञ्जाब बीच प्रतिस्पर्धा हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्