मा प्रकाशित
कनिका खबर
असोज ११, काठमाडौं
सरकारले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा दीपक भण्डारीलाई नियुक्त गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकले भण्डारीलाई नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्न इजरायलका लागि नेपाली राजदूत डा. अन्जन शाक्यलाई अधिकार दिने निर्णय बैठकले गरेको छ । मन्त्रिमण्डल पुनर्गठनका विषयमा चर्चा चलेपनि आजको बैठकमा यो विषयले प्रवेश पाएन ।