चीनको चासो पछि रसुवागढी नाकामा पिसिआर परिक्षण प्रयागशाला राख्ने तयारी – Kanika Khabar
Thursday, February 13Nepali News Portal

चीनको चासो पछि रसुवागढी नाकामा पिसिआर परिक्षण प्रयागशाला राख्ने तयारी

    मा प्रकाशित

कनिका खबर
असोज ११, काठमाडौं
नाका नियमित सञ्चालन गर्न नेपालको स्वास्थ्य सुरक्षा सावधानी नपुगेको चीनले बताएको छ । नाका सञ्चालनपूर्व स्वास्थ्य सुरक्षाको तयारीबारे नेपाली भन्सार प्रशासनलाई पत्र पठाउँदै चीनले रसुवामा पीसीआर प्रयोगशाला राख्न र अन्य सुरक्षाको उपाय कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ । नाकाको काममा संलग्न व्यक्तिको रसुवामै तत्काल पीसीआर परीक्षण हुने व्यवस्था गर्न तथा सामान लिएर आउने सवारी साधनको प्रभावकारी डिसइन्फेक्सन गर्न चिनिया पक्षले आग्रह गरेको रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताउनुभयो । अहिले चीनतर्फ पहिरो गएकाले सामान आउन रोकिएको र नाका निर्बाध सञ्चालन गर्न चीनले कोभिड १९ विरुद्ध सुरक्षा प्रत्याभूति मागेको खड्काले बताउनुभयो । रसुवागढीबाट नजिकको पीसीआर प्रयोगशाला काठमाडौंमा रहेको जानकारी गराउँदा चिनियाँ अधिकारीहरु आश्वस्त हुन नसकेको उहाँको भनाइ छ । चीनले आग्रह गरेपछि रसुवामा पीसीआर ल्याब राख्न भन्सार विभाग मार्फत पहल थालिएको पनि उहाँले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्