रौतहटको चन्द्रपुरमा आजबाट बियालय सञ्चालनमा – Kanika Khabar
Friday, April 18Nepali News Portal

रौतहटको चन्द्रपुरमा आजबाट बियालय सञ्चालनमा

    मा प्रकाशित

कनिका खबर
असोज ११, रौतहट
रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका निजि तथा सामुदायिक विद्यालयहरु आजदेखि सञ्चालनमा आएका छन् । चन्द्रपुर नगर शिक्षा समितिको शुक्रबारको बैठकले विद्यार्थी सिकाइ सहजिकरण निर्देशिका २०७७ र कोरोनाको सन्दर्भमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्वास्थ्य सम्बन्धि न्युनतम मापदण्डको अवलम्वन गर्ने गरि असोज ११ गते आइतबार अर्थात आजबाट चन्द्रपुर नगरका सम्पुर्ण निजि तथा सामुदायिक विद्यालयहरु सञ्चालन गर्न निर्देशन दिएसंगै विद्यालयहरु सञ्चालनमा आएको नगर शिक्षा शाखा प्रमुख दिपेन्द्र कुमार मण्डलले जानकारी दिनु भएको छ । आजबाट अनिवार्य शिक्षकहरु विद्यालयमा उपस्थित भइ शैक्षिक सत्र २०७७ को चैत्र मसान्त सम्मको बिषयगत शैक्षणिक कार्य योजना निर्माण गरि प्रधानाध्यापकलाई पेश गर्नु पर्न जनाइएको छ । तत्काललाई कक्षा ८ , ९ र १० का विद्यार्र्थीहरुलाई बढीमा २५ जनाको समुहगत रुपमा पठनपाठन गर्नु पर्ने छ । कक्षा सञ्चालन गर्दा अनिबार्य रुपमा माक्स प्रयोग गर्नु पर्ने,बिद्यालय हाताभित्र हात धुने सावुन पानीको ब्यबस्था गर्नु पर्ने , बिद्यालयका कक्षा कोठा दैनिक सेनिटाइज गर्नु पर्ने र कक्षा कोठाको बेन्चमा २ जना मात्र बस्ने ब्यबस्था मिलाउनु पर्ने समेत मण्डलले बताउनु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्