रौतहटका बजार अनुगमन गर्न उपभोक्ता संरक्षण मञ्चको माग – Kanika Khabar
Sunday, April 20Nepali News Portal

रौतहटका बजार अनुगमन गर्न उपभोक्ता संरक्षण मञ्चको माग

    मा प्रकाशित

कनिका खबर
असोज ११, रौतहट
रौतहटका उपभोक्ताहरुको गुनासो बढ्न थालेपछि उपभोक्ता हित संरक्षण मंच रौतहटले बजार अनुगमन गर्न विज्ञप्ति सहित माग गरेको छ । दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरुमा भएको चर्को मुल्यबृद्धि र कालोबजारी प्रति ध्यानाकर्षण भएको भन्दै आज उपभोक्ता हित संरक्षण मंच जिल्ला कार्य समिति रौतहटले बजार अनुगमन गर्न माग गदै बिज्ञप्ती निकालेको हो । रौतहटका बजारमा हरियो तरकारी,फलफुल,दुग्धजन्य पदार्थ तथा माछामासु लगायत दैनिक उपभोग्य खाद्यान्नका सामाग्रीहरुमा मुल्यबृद्धि तथा कालोबजारी बढेको उपभोक्ताहरुले गुनासो गर्न थालेपछि बजार अनुगमन गर्न मञ्चले बिज्ञप्ती निकालेको उपभोक्ता हित संरक्षण मंच जिल्ला कार्य समिति रौतहटका अध्यक्ष टिका घिमिरेले जानकारी दिनु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्