अज्ञात रोगले बोट सुक्न थालेपछि किसानहरु मर्कामा – Kanika Khabar
Thursday, June 19Nepali News Portal

अज्ञात रोगले बोट सुक्न थालेपछि किसानहरु मर्कामा

    मा प्रकाशित

कनिका खबर
असोज १२, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकमा किसानहरुले लगाएको कफीमा अज्ञात रोगले बोट सुक्न थालेपछि यस वर्ष ४० प्रतिशत मात्र उत्पादन भई ठूलो आर्थिक क्षति बेहोर्नु पर्दा किसानहरु मर्कामा परेका छन् । गतवर्ष एक करोड ३२ लाख मूल्यबराबरको ३० मेट्रिक टन उत्पादन भएकोमा अज्ञात रोगले यसवर्ष १३ मेट्रिक टन मात्र उत्पादन भई झण्डै एक करोड रुपैयाँ हाराहारीको नोक्सान भएपछि किसानहरु मर्कामा परेका हुन् । उत्पादित १३ मेट्रिकटन कफीलाई ए ग्रेडको पार्चमेण्ट ग्रिनवीन कफी तयार गर्दा आठ मेट्रिक टन मात्र बाँकी रहेको छ । यसवर्ष ५० लाख मूल्य बराबरको नौ अमेरिकी डलरको भाउमा पाँच मेट्रिक टनमात्र जापान, कोरिया र अष्ट्रेलियामा निर्यात भएको जिल्ला कफी सहकारी संघकी अध्यक्ष मन्दु थापाले बताउनुभयो । गतवर्ष उत्पादित ३० मेट्रिकटन कफी मध्ये १० दशमलव ३ मेट्रिक टन विदेश निर्यात भई बाँकी कफी स्वदेशमै खपत भएको थियो । यसवर्ष कोभिड १९ महामारीका कारण गएको चैत्र ११ गते देखि देशमा लकडाउन (बन्दाबन्दी) भएकोले दुइ मेट्रिक टन कफी गोदाममै थन्किएको अध्यक्ष थापाले बताउनुभयो । जिल्लामा १२४ हेक्टर क्षेत्रमा कफी खेती गरिएको छ । गत वर्षको हिउँदमा औसत भन्दा बढी वर्षा तथा हिमपात भएकोले अत्याधिक चिसोका कारण पात झर्ने र बोट तथा दाना समेत सुकेर झर्न थालेपछि किसानहरु चिन्तित बनेका थिए । किसानहरूको गुनासो आउन थालेपछि संघ बाट फिल्ड भ्रमण गरी कृषि तथा सहकारी मंन्त्रालयको बाली बिज्ञान महाशाखामा नमूना संकलन गरी पठाइएको थियो । उक्त महाशाखाका वैज्ञानिकहरुले निरीक्षण गरेपछि जलवायु परिवर्तनकै कारण रोग लागेको निष्कर्ष निकालेका थिए । निरीक्षणबाट खासै उपलब्धी हासील हुन नसकेपछि रोगी बिरुवालाइ हटाएर स्वास्थ बिरुवा रोप्नुका साथै पर्याप्त कम्पोस्ट मल राखेपछि २५ प्रतिशत रोग नियन्त्रणमा आएको कृषि विज्ञ एवं कफी सहकारी संघका केन्द्रीय उपाध्यक्ष सुदर्शन वोलखेले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्