आफै घाँटी रेटेर आत्महत्याको प्रयास – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

आफै घाँटी रेटेर आत्महत्याको प्रयास

    मा प्रकाशित

कनिका खबर
असोज १२, दाङ ।
दाङमा एक युवाले आफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास गरेका छन् । जिल्ला सदरमुकाम घोराही एक युवाले श्रीमतीसंगको विवाद पछि आफ्नो घाँटी आफै रेटेर आत्महत्याको प्रयास गरेका हुन् ।
घोराही उपमहानगरपालिका वडा नं. १२ बग्या निवासी २७ वर्षीय श्याम नेपालीले आइतवार बेलुका श्रीमतीसँग फोनमा विवाद भएपछि आफै घाँटी रेटेर आत्महत्याको प्रयास गरेको प्रहरीले बताएको छ ।

नेपालीको हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आइतवार बेलुका ६ बजेतिर नेपालीले घरबाहिर रहेकी श्रीमतीसँग फोनमा झगडा भएको र त्यसपछि उनी आवेशमा आएर चक्कुले आफ्नो घाँटी आफै रेटर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काकाले जानकारी दिए ।
विहान पनि नेपालीले श्रीमतीसँग घरमै विवाद गरेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ । नेपालीको घाँटीमा चक्कुले गहिरो घाउ खत लागेको प्रहरीले जानकारी दिएको छ

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्