क्वारेन्टाइनमा फलफुल र किसानलाई कृषि प्रविधि सहयोग – Kanika Khabar
Friday, April 26Nepali News Portal

क्वारेन्टाइनमा फलफुल र किसानलाई कृषि प्रविधि सहयोग

    मा प्रकाशित

रोल्पा,१२ असोज ।

रोल्पाको होलेरीमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई फलफुल वितरण गरिएको छ ।

अष्टेलियन एडको आर्थिक सहयोग तथा आड्रा नेपालद्वारा रुपान्तरण र ग्रामीण विकास तथा चेतना समाज नेपाल रोल्पाद्वारा सञ्चालित कृषि तथा जीविकोपार्जन प्रवद्र्वन परियोजना अन्तर्गत रुन्टिगढी गाउँपालिका–६ होलेरी क्वारेन्टाईनमा रहेका व्यक्तिहरुलाई फलफुल वितरण गरिको गरेको हो ।

गाउँपालिका प्रवक्ता जगतवहादुर घर्ति मगर र होलेरी वजार व्यवस्थापन समितिका अध्यक्ष भुपाल वस्नेत तथा हेल्थ पोष्ट असिस्टेन्ट देवराज आचार्यको उपस्तीथिमा ४१ औ सामाजिक सेवा दिवस (सप्ताहव्यापी) को अवसरमा क्वारेन्टाईनमा रहेका २० जना व्यक्तिहरुलाई फलफुल वितरण गरिएको हो ।

फलफुल वितरण कार्यक्रमको सहजीकरण परियोजना फिल्ड सहजकर्ता मदन घर्ति मगरले सहजिकरण गरेका थिए ।

समूहलाई जलवायु परिवर्तन अनुकुल प्रविधि हस्तान्तरण

यसैविच सस्थाले रुन्टीगढी गाउँपालिकामा रहेका कृषक समूहलाई जलवायु परिवर्तन अनुकुल प्रविधि हस्तान्तरण गरेको छ ।

अष्ट्रेलियन एड आड्रा नेपालको आर्थिक सहयोग रुपान्तरण र ग्रामीण विकास तथा चेतना समाज ( RUDAS ) नेपालद्वारा सञ्तालित कृषि तथा जीविकोपार्जन प्रर्बद्धन (GOAL-II_) परियोजना अन्तर्गत विभिन्न समुहलाई जलबायु परिवर्तन अनुकुलन प्रबिधि हस्तान्तरण गरेको हो ।

सामाग्री ४१ औ सामाजीक सेवा दिवसको अवसर परेर सप्ताहव्यापी कार्यक्रमका अवसरमा किसानलाई हस्तन्तरण गरिएको रुडास नेपाल रुन्टीगढी गाउँपालिका संयोजक बासुदेव पोख्रेलले जानकारी दिएका छन् ।

‘सामाजीक क्षेत्र राष्ट्रिय गौरव आजको प्राथमिकता, सम्बृद्वी र सुखको लागी सामाजीक रुपान्तरण र उद्यमसीलता’ भन्ने नाराका साथ भएको कार्यक्रममा किसानलाई सामग्री वितरण गरिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्