कोरोना अपडेट : अहिलेसम्म नेपालमा ५४ हजार ६४० जनाले कोरोना जिते – Kanika Khabar
Monday, March 17Nepali News Portal

कोरोना अपडेट : अहिलेसम्म नेपालमा ५४ हजार ६४० जनाले कोरोना जिते

    मा प्रकाशित

कनिका खबर
असोज १३, दाङ ।
हिजो सोमबार नेपालमा थप १ हजार ३ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो मात्रै नेपालमा थप ७ सय ४२ जनाले कोरोना जिते । योसँगै कोरोना निको भइ डिस्चार्ज हुनेको सङ्ख्या ५४ हजार ६४० पुगेको मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले आज जानकारी दिएका हुन् ।

देशभरका स्वास्थ्य प्रयोगशालामा आज १० हजार ८० पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हाल मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ६२४ रहेको उनले जानकारी दिए ।

यसैगरी संस्थागत आइसोलेशनमा आठ हजार ६९५ जना र होम आइसोलेसनमा दश हजार ९२९ जना तथा विभिन्न क्यारेन्टिन छ हजार ३१० जना रहेका छन् ।

मुलुकभरका अस्पतालहरुमा हाल कोरोना सङ्क्रमितमध्ये २२५ जनाको आइसियुमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्