कोरोना नियन्त्रणका लागि समय लाग्ने भन्दै सावधानी अपनाउन सरकारको आग्रह – Kanika Khabar
Saturday, May 17Nepali News Portal

कोरोना नियन्त्रणका लागि समय लाग्ने भन्दै सावधानी अपनाउन सरकारको आग्रह

    मा प्रकाशित

कनिका खबर
असोज १३, काठमाडौं
सरकारले नेपालमा कोरोना भाइरसको जोखिम अझै कति समय रहन्छ भन्ने पूवार्नुमान गर्न सक्ने अवस्था नरहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न हिजो आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्तासमेत रहनुभएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारले कोरोनाको जोखिम कम भएर नभई जीवन र जीविकाबीच सन्तुलन कायम गर्न धेरै क्षेत्र खुला गरेको बताउनुभयो । यो बेला सबैको उच्चस्तरको सतर्कता, साथ र सहयोगको जरुरत रहेको मन्त्री ज्ञवालीले बताउनुभयो । सरकारले काठमाडौंमा घरधनी र केही औद्योगिक प्रतिष्ठानले पीसीआर रिपोर्टका लागि सर्वसाधारणलाई बाध्य बनाएको भन्दै त्यस्तो नगर्न पनि आग्रह गरेको छ । मन्त्री ज्ञवालीले स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत कसैलाई पनि पीसीआर परीक्षणका लागि बाध्य नबनाउन आग्रह गर्नुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्