आज विश्व मुटु दिवस मनाइँदै – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

आज विश्व मुटु दिवस मनाइँदै

    मा प्रकाशित

कनिका खबर
असोज १३, काठमाडौं

नेपालमा मुटुरोगी बढ्दै गएका छन । स्वस्थकर जीवनशैलीका कारण मुटुरोगको जोखिम बढेको छ । आज विश्व मुटुरोग दिवस मनाइरहँदा चिकित्सकहरुले हरेक व्यक्तिले मुटुको स्वास्थ्य जाँच गराउन अनुरोध गरेका छन । आज ‘मन लगाउँ, मुटु बचाउँ’ भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइँदैछ । मुटुसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर विश्व मुटु दिवस मनाइने गरिन्छ । मीठो, मसालेदार, चिल्लो, स्वादिलो खाना निरन्तर रूपमा खाँदै जाँदा विस्तारै दिर्घ रोग लाग्ने भएकाले खानपिन र जीवनशैलीमा ध्यान दिनुपर्ने उनीहरुको सल्लाह छ । सरकारले मुटुरोगीलाई एक लाख रुपियाँ औषधि उपचारबापत बेहोर्दै आएको छ । १५ वर्षभन्दा मुनिका बालबालिका तथा ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य उपचार तथा मुटुसम्बन्धी सम्पूर्ण शल्यक्रिया निःशुल्क रूपमा गरिरहेको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, मनमोहन कार्डियोभास्कुलर सेन्टर लगायतका सरकारी स्वास्थ्य संस्थामा १५ वर्षभन्दा कम र ७५ वर्ष उमेरभन्दा माथिका वृद्धको निःशुल्क उपचार हुने गरेको छ । मुटुको भल्ब बिग्रिएको रोगको सरकारले निःशुल्क उपचार गर्ने गरेको छ । विश्वमा हरेक बर्ष एक करोड ८० लाख मानिस मुटुरोगका कारण मर्ने गर्दछन । नेपालजस्ता विकासोन्मुख राष्ट्रमा मुटुरोगबाट मर्नेको सख्या ८० प्रतिशतभन्दा बढी छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा करिब ७५ लाख मुटुरोगी भएको अनुमान गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्