डा.गोविन्द केसीमा देखिएको स्वास्थ्य जटिल बन्दै, आईसीयुको आवश्यकता पर्नसक्ने – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

डा.गोविन्द केसीमा देखिएको स्वास्थ्य जटिल बन्दै, आईसीयुको आवश्यकता पर्नसक्ने

    मा प्रकाशित

कनिका खबर
असोज १३, काठमाडौं
१५ दिनदेखि अनशनरत प्रा.डा.गोविन्द केसीमा देखिएको स्वास्थ्य जटिलताको तुरन्त व्यवस्थापनसँगै आईसीयूमा तत्काल स्थानान्तरण गर्नु पर्न सक्ने देखिएको छ । डा. केसीको उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक प्रा.डा.सुवासप्रसाद आचार्यले केसीको स्वास्थ्य जटिलताको तुरन्त व्यवस्थापनसँगै आईसीयूमा तत्काल स्थानान्तरण गर्नु पर्ने आवश्यकता पर्नसक्ने देखिएको बताउनुभयो । डा.केसीलाई बारम्बार छाती दुखाइ, बीचबीचमा रोकिएर धड्कन बिग्रने, मांसपेशी बाउँडिने, थकाइ र पटकपटक चक्करको समस्या देखिएको छ । उनको रक्त परीक्षणमा सेतो रक्त कणिकाको संख्या धेरै कम देखिएको छ । यस्तै ब्लड सुगरमा कमीसँगै सोडियम, पोटासियम, म्याग्नेसियम, क्याल्सियम, फोस्फोरस जस्ता इलेक्ट्रोलाइटसमेत कम देखिएको छ । डा.आचार्यका अनुसार रक्तबाहिनी नलीमा आपत्कालीन पहुँच कायम राख्न डा. केसीलाई नर्मल स्लाइन दिइराखिएको छ । तर अन्य तरल पदार्थ र इलेक्ट्रालाइट लिन उनले अस्वीकार गरेका छन् । जुम्लामा १९ औं सत्याग्रह थालेका डा.केसी ६ दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका हुनुभएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्