‘क्लोज कन्ट्याक्ट’ मा रहेका र क्वारअन्टिनमा बसेका गरी २७ जनाको स्वाब संकलन – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

‘क्लोज कन्ट्याक्ट’ मा रहेका र क्वारअन्टिनमा बसेका गरी २७ जनाको स्वाब संकलन

    मा प्रकाशित

कनिका खबर
सल्यान, १३ असोज ।

एक पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएपछि सल्यानको कपुरकोट गाउँपालिकामा ‘क्लोज कन्ट्याक्ट’ मा रहेकाहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । असोज ९ गते कपुरकोट ३ का एक पुरुषमा संक्रमण पुष्टि भएपछि उनको ‘क्लोज कन्ट्याक्ट’ मा रहेका १८ जना र क्वारअन्टिनमा बसेका ९ जना गरी २७ जनाको स्वाब सोमबार संकलन गरेर मंगलबार नेपालगञ्ज पठाइएको कोभिड–१९ कपुरकोटका फोकल पर्सन देवेन्द्र कुृमार सेनले जानकारी दिए ।

संक्रमित व्यक्तिलाई नेरा मावि किमुचौरस्थित आइसोलेसन सेन्टरमा राखिएको छ । उनी स्वास्थयकर्मीको निगरानीमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । आइसोलेसनमा प्रदेश सरकारको तर्फबाट खटाइएका दुई जना स्वास्थ्यकर्मीहरुले निगरानी, उपचार गरिरहेका छन् । आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मी करण ओलीका अनुसार संक्रमित पुरुषमा कुनै पनि कोरोनाका चिह्न, लक्षण देखिएको छैन, र उनी सामान्य अवस्थामा छन् ।

यसैबिच कपुरकोट ३ स्थित कालिका मावि क्वारअन्टिनमा हाल २ जना महिला र ७ जना पुरुष रहेको गाउँपालिकाले जनाएको छ । उनीहरु पनि सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्