कोरोना महामारीका कारण बन्द रहेका अन्य क्षेत्र पनि खोल्ने तयारी गर्दै – Kanika Khabar
Saturday, June 6Nepali News Portal

कोरोना महामारीका कारण बन्द रहेका अन्य क्षेत्र पनि खोल्ने तयारी गर्दै

    मा प्रकाशित

कनिका खबर
असोज १४, दाङ ।
कोभिड १९ का कारण बन्द रहेका बाँकी क्षेत्र पनि खोल्ने तयारी हुन थालेको छ । कोरोना भाइरस सम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी) ले निषेधाज्ञापछि सेवा सञ्‍चालन गर्न बाँकी रहेका क्षेत्रहरु खोल्नेबारे छलफल गरेको हो । अब यसबारे मन्त्रालयले छलफल गरेर प्रसताव ल्याउनेछ । मन्त्रालयबाट प्रस्ताव आएपछि निर्णय गर्ने भएको छ ।

हिजो मंगलबार सिंहदरबारमा बसेको सीसीएमसी निर्देशक समितिको बैठकले कोभिड १९ का कारण रोकिएका बाँकी सेवाहरु सूचारु गर्नेबारे छलफल गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले खोल्न बाँकी रहेका क्षेत्रहरु सूचारु गर्ने सम्बन्धमा अध्ययन गरी प्रस्ताव ल्याउने सम्बन्धमा निर्णय भएको जानकारी दिए ।

फाइल तस्बीर

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्