भागबन्डा नमिल्दा मन्त्रीमण्डल हेरफेरमा ढिलाइ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भागबन्डा नमिल्दा मन्त्रीमण्डल हेरफेरमा ढिलाइ

    मा प्रकाशित

कनिका खबर
असोज १४, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीचमा सहमति हुन नसक्दा मन्त्रीमण्डल हेरफेरमा ढिलाइ भएको छ ।
नेकपाको सचिवालय बैठकले मन्त्रीमण्डल हेरफेर गर्ने औपचारिक सहमति गरेको भएपनि क– कसलाई मन्त्री बनाउने भन्नेमा सहमति नजुट्दा मन्त्रीपरिषदका सदस्य हेरफेरमा ढिलाइ भएको हो । भागबण्डाका लागि मन्त्रालय टुक्र्¥याउनेदेखि राम्रा काम गरिरहेका मन्त्रीलाई फिर्ता बोलाउने सम्मको तयारी भइरहेको भएपनि औपचारिक निर्णय भने हुन सकेको छैन ।
यस बिषयमा प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचमा बारम्बार छलफल भए पनि सहमति भने भएको छैन । नेकपामा मन्त्री बन्न चाहने आकाङ्क्षीको सूची लामो भएपछि मन्त्रीमण्डल हेरफेरको विषय टुङ्ग्याउन नेतृत्वलाई सकस भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्