विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन करोड ३८ लाख – Kanika Khabar
Thursday, May 13Nepali News Portal

विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन करोड ३८ लाख

    मा प्रकाशित

कनिका खबर
असोज १४, दाङ ।
विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन करोड ३८ लाख पुगेको छ ।पछिल्लो विवरणअनुसार अनुसार कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या विश्वका २ सय १५ मुलुकका गरी ३ करोड ३८ लाख ३७ हजार ७ सय ८ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म १० लाख १२ हजार ५ सय ७८ जना कोरोना संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ८ सय ४३ जनाको मृत्यु भएको छ । विश्वभरका सङ्क्रमितमध्ये २ करोड ५१ लाखभन्दा बढी संक्रमित कोरोनासँगको लडाइँ जितेर घर फर्किसकेका छन् ।पछिल्लो २४ घण्टामा थप २ लाख ८७ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।विश्वमा सबैभन्दा संक्रमित हुने राष्ट्रममा संयुक्त राज्य अमेरिका छ ।
अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ४४ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । हालसम्म अमेरिकामा सङ्क्रमितहरूको संख्या ७४ लाख ६ हजारभन्दा बढी पुगेको छ भने २ लाख १० हजारभन्दा धेरैले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । यस्तै भारतमा कोरोना सङ्क्रमितको संख्या अमेरिकापछि बढी छ । भारतमा पछिल्लो २४ घण्टामा ८० हजार ५ सय बढी सङ्क्रमित थपिएसँगै कूल संक्रमितको संख्या ६२ लाख २३ हजार ५१९ पुगेको छ । त्यस्तै यहाँ हालसम्म ९७ हजार ५ सय २९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
भारतपछि कोरोना संक्रमितको संख्या बढी हुने देशमा ब्राजिल छ । ब्राजिलमा कूल सङ्क्रमितको संख्या ४७ लाख ८० हजार ३१७ पुगेको छ भने पछिल्लो २४ घण्टामा ३१ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४३ हजार पुगेको छ ।कोरोनाको खोप विकास गरेको दाबी गरेको राष्ट्र रसियामा सङ्क्रमितको संख्या ११ लाख ६७ हजार ८ सय ५ पुगेको छ । यस्तै यहाँ २० हजार ५ सय ४५ जनाले ज्यान गुमाएका छन् भने ९ लाख ५२ हजार ३९९ जना सङ्क्रमित निको भइसकेका छन् ।रसियामा पछिल्लो २४ घण्टामा थप ८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एसियाली मुलुक भारतमा कोरोना सङ्क्रमितको संख्यामा तीव्र रुपमा बृद्धि भएको छ । भारतपछि धेरै सङ्क्रमित देखिएको देशमा क्रमशः इरान, बंगलादेश, इराक, साउदी अरेबिया लगायत छन् । एसियाली मुलुकमा हालसम्म १ करोडभन्दा बढी संक्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा मात्र १ लाख २५ हजार ९ सय ९१ जना संक्रमित थपिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्