अम्बिकेश्वरी मन्दिर सहित थप ७ प्रहरी बिटलाई मास्क – Kanika Khabar
Sunday, March 15Nepali News Portal

अम्बिकेश्वरी मन्दिर सहित थप ७ प्रहरी बिटलाई मास्क

    मा प्रकाशित

कनिका खवर

असाेज १४, दाङ ।

कोइराला युबा नेतृत्व बिकास मंच दाङले आज दोश्रो चरण अन्तरगत घोराही उपमहानगर पालिका भित्रका थप ७ प्रहरी बिट र अम्बिकेस्वरी मन्दिरमा मास्क बितरण गरेको छ । मंचले यश अघि घोराहीका निमाहल चोक ,दामोदर चोक ,बसपार्क ,रतनपुर चोक , भानुचोक, लगायतका प्रहरी बिटमा २ हजार थान मास्क हस्तान्तरण गरेको थियो । आज दोश्रो चरणमा१ हजार थान मास्क हस्तान्तरण गरिएको मंचका कार्यबाहक संयोजक बामदेब जिएमले जानकारी दिएका छन ।

फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षाका लागि सहयोग पुगोस भनेर मास्क हस्तान्तरण गरिएको संयोजक जिएम ले जानकारी दिएका छन ।

मास्कसँगै सेनिटाइजर पनि हस्तान्तरण गर्ने मंचले तयारी गरेको छ । आजको अभियानमा मंचका सचिव दर्शना कार्की परियार , सदस्यहरु तिलक डागी ,अमन गिरी, विशाल नेपाली अबिनाश नेपाली र उर्मिला नेपाली सहभागी थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्