कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु – Kanika Khabar
Thursday, May 13Nepali News Portal

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज १४, काठमाडौं
नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ७ जना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४९८ पुगेको छ ।

आजै १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

आजै १ हजार ५७ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जितेर घर फर्कनेको संख्या ५६ हनार ४२८ पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार ८९१ पुगेको छ ।

मन्त्रालयका अनुसार २० हजार ८९१ जना आइसोलेसनमा छन् भने ५ हजार ४२८ जना क्वारेन्टिनमा छन् ।

यसअघि मंगलबार १० जनाको मृत्यु भएको थियो । ७३१ जनाले कोरोनालाई जित्दा १ हजार ५१३ जनामा संक्रमण पुष्टि भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्