दीपेन्द्रले गरे स्यानिटाइजर सहयाेग – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दीपेन्द्रले गरे स्यानिटाइजर सहयाेग

    मा प्रकाशित


कनिका खबर
दाङ, असाेज १४ ।

नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक के एल पीडितले संचालन गरेको नि:शुल्क स्वास्थ्य सामग्री वितरण अभियानलाई नारायणपुर निवासी दीपेन्द्र डाँगीले ३ हजार मुल्य बराबर ३ सय मिलिको ९ थान सेनिटाइजर प्रदान गरेका छन् ! हाल रोजगारको सिलसिलामा मलेसिया रहेका डाँगीले कोभिड १९ को रोकथाममा केही योगदान होस् भनेर सहयोग गरेको बताए ।
विदेशमा दुखजिलो गरेर भएपनि आफ्नो अभियानलाई सहयोग गरेकोमा संचारकर्मी पीडितले डाँगीलाई धन्यवाद दिएका छन् ।
कोरोना कहरका बीच अविचलित सूचना प्रवाह गरिरहेका संचारकर्मीहरुलाई सुरक्षित बनाउन र उनीहरुको हौसला बढाउन संचारकर्मी पीडित भाद्र २५ देखि नि:शुल्क स्वास्थ्य सामग्री वितरण अभियान शुरु गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्