दीपेन्द्रले गरे स्यानिटाइजर सहयाेग – Kanika Khabar
Monday, March 16Nepali News Portal

दीपेन्द्रले गरे स्यानिटाइजर सहयाेग

    मा प्रकाशित


कनिका खबर
दाङ, असाेज १४ ।

नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक के एल पीडितले संचालन गरेको नि:शुल्क स्वास्थ्य सामग्री वितरण अभियानलाई नारायणपुर निवासी दीपेन्द्र डाँगीले ३ हजार मुल्य बराबर ३ सय मिलिको ९ थान सेनिटाइजर प्रदान गरेका छन् ! हाल रोजगारको सिलसिलामा मलेसिया रहेका डाँगीले कोभिड १९ को रोकथाममा केही योगदान होस् भनेर सहयोग गरेको बताए ।
विदेशमा दुखजिलो गरेर भएपनि आफ्नो अभियानलाई सहयोग गरेकोमा संचारकर्मी पीडितले डाँगीलाई धन्यवाद दिएका छन् ।
कोरोना कहरका बीच अविचलित सूचना प्रवाह गरिरहेका संचारकर्मीहरुलाई सुरक्षित बनाउन र उनीहरुको हौसला बढाउन संचारकर्मी पीडित भाद्र २५ देखि नि:शुल्क स्वास्थ्य सामग्री वितरण अभियान शुरु गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्