आजदेखि काठमाडौं उपत्यकामा सहुलियत पसल सञ्चालन – Kanika Khabar
Monday, November 17Nepali News Portal

आजदेखि काठमाडौं उपत्यकामा सहुलियत पसल सञ्चालन

    मा प्रकाशित

कनिका खबर
असोज १५, काठमाडौँ ।
नजिकिदै गरेका दसै तथा तिहार जस्ता महान पर्वलाई लक्षित गरी आजदेखि काठमाडौँमा सस्तो पसलहरु सञ्चालनमा आएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि काठमाडौं उपत्यकामा दशैं–तिहार लक्षित सहुलियत पसल सञ्चालन गरेको हो ।
मन्त्रालयले असोज १५ गतेदेखि मंसिर ६ गतेसम्म सहुलियत पसल सञ्चालन गर्न लागेको हो ।

मन्त्रालयले घुम्ती सेवा पसल, र अनलाइन मार्फत् उपत्यकाका ४९ स्थान र दुग्ध विकास संस्थानमार्फत् अत्यावश्यक सामग्री सुपथ मूल्यमा उपलव्ध गराइने जनाएको छ ।
मन्त्रालयले उपभोग्य वस्तुहरुको मूल्य पनि सार्वजनिक गरेको छ। मन्त्रालयले नून प्रतिकेजी १८ रुपैयाँ, चिनी केजीको ७० र घ्यु लिटरको ८७० रुपैयाँ तोकेको छ । चिनी र नुन भने प्रति परिवार ४ केजी मात्रै लिन पाउने व्यवस्था गरिएको छ।मन्त्रालयले खसीबोका तथा च्यांग्रामा किलोको १०, चामलमा ५ रुपैयाँ, दालमा ५, सिमिलगायत गेडागुडीमा १०, फापर तथा केराउमा ५ रुपैयाँ प्रतिकिलो छुट दिने निर्णय गरेको छ।सुपथ मूलयका पसल कालीमाटी, टेकु, कोटेश्वर, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी, जाउलाखेल तथा भक्तपुरमा सञ्चालन हुनेछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्