प्रशासनद्वारा विद्यालय बन्द गर्न निर्देशन – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

प्रशासनद्वारा विद्यालय बन्द गर्न निर्देशन

    मा प्रकाशित

कनिका खबर
असोज १५, नुवाकोट ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटले विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको एकहप्ता नवित्दै प्रशासनले सो निर्देशन दिएको हो ।
सरकारले जारी गरेको वैकल्पिक सिकाई निर्देशीका अनुसार स्थानीय तहहरुले विद्यालय सञ्चालन शुरु गर्ने निर्णय गरेका थिए । यद्यपि, महामारी वढिरहेको कारण जिल्ला प्रश्सासन कार्यालयले विद्यालय सञ्चालन नगर्न निर्देशन जारी गरेको छ ।
स्थानीय तहको निर्णयपछि कतिपय विद्यालयले पठनपाठन थालेका थिए । तर, हिजोर जिल्ला प्रशासन कार्यालय नुवाकोटले अर्को निर्णय नभएसम्म विद्यालय नखोल्न निदेशर््न दिएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले सवै स्थानीय तहलाई सरकारको निर्णय सहितको पत्र पठाएको बताउनुभयो । शिक्षा मन्त्रालयले विद्यार्थीहरूको शिक्षण सिकाइका गतिविधि अवरुद्ध नहोस भनेर विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ ।
जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिमा प्रत्यक्ष सिकाई अवलम्बन गरी सरकारले गरेको निर्णयविपरीत विद्यालय सञ्चालन गरी संक्रमण फैलिन गएमा संक्रमक रोग ऐन २०२० बमोजिम कारबाही हुनेछ, भनिएको छ । नुवाकोटमा कोरोना संक्रमण फैलिरहेको र सक्रिय संक्रमितको आइसोलेसनमा उपचार भइरहेको साथै समुदायमा समेत संक्रमण देखिएको सुचनामा जनाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्