आईपीएल क्रिकेटमा कोलकत्ताको दोस्रो जित, आज मुम्बई र पञ्जाब खेल्दै – Kanika Khabar
Friday, April 26Nepali News Portal

आईपीएल क्रिकेटमा कोलकत्ताको दोस्रो जित, आज मुम्बई र पञ्जाब खेल्दै

    मा प्रकाशित

एजेन्सी
असोज १५, दाङ ।
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दोस्रो जित निकालेको छ । दुबईमा गयराति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । राजस्थानका टम करनले ५४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । राजस्थानलाई सस्तैमा रोक्न कोलकत्ताका भरुण चक्रवर्ती, शिवम माभी र कमलेस नगरकोटीले २,२ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । कोलकत्ताका लागि शुबमन गिलले ४७ रन जोड्दा, इयान मोर्गनले अविजित रहदै ३४ रन बताए । जितसँगै कोलकत्ताले ३ खेलमा ४ अंक जोडेको छ । कोलकत्ता लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ । अघिल्ला दुई खेलमा अपराजित रहेको राजस्थानको यो पहिलो हार हो । तेस्रो स्थानमा रहेको राजस्थानले पनि ३ खेलमा ४ अंक जोडेको छ । आपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र किंग्स इलेभेन पञ्जाब बीच प्रतिस्पर्धा हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्