घोराहीदेखि कोईलावाससम्म साईकल राइडको आयोजना – Kanika Khabar
Friday, April 26Nepali News Portal

घोराहीदेखि कोईलावाससम्म साईकल राइडको आयोजना

    मा प्रकाशित

कनिका खबर

तुलसीपु्र, असोज १५ ।

दाङको घोराहीदेखि सीमा नाका कोईलावाससम्म साईकल राइडको आयोजना गरिएको छ । दाङ साईकल सिटीको आयोजनामा असोज १७ गते शनिवारका दिन जिल्लाका साइकल राइडरहरुले उक्त टुर गर्ने भएका छन् ।

सीमा नाका कोईलाबास सम्म हुने लागेको यो नै जिल्लाको पहिलो साइकल राइड हो ।
जिल्ला साइकल संघका अध्यक्ष रेशम केसीका अनुसार यात्रा विहानै घोराहीदेखि सुरु हुने छ । घोराहीदेखि कोइलाबास सम्मको दुरी ५६ किलो मिटर छ । आउने र जाने गरेर झन्डै ११२ किलोमटरको दुरीमा साइकल राइड हुने अध्यक्ष केसीले बताए ।

आयोजक संस्था साईकल सिटीका उपाध्यक्ष खुमबहादुर न्यौंपानेले जिल्ला भरका साइकल राइडरहरु उक्त राईडमा सहभागी हुन लागेको फरककोणलाई जानकारी दिए । ‘हालसम्म तुलसीपुर र घोराहीका साईकल राइडरहरु सहभागी हुने भनेर नाम टिपाउनु भएको छ,’ न्यौपानेले भने ‘यसमा साइकल राइडर जो पनि सहभागि हुन सक्छ।’

घोराहीका तीन जना लेडिजपनि उक्त राइडमा सहभागि हुने जिल्ला साइकल संघका अध्यक्ष केसीले फरकोणलाई बताए । ‘ अहिले सम्को अवस्थालाई हेर्दा झन्डै २०÷२२ जना जति राइडर सहभागि हुने अवस्था देखिएको छ,’ अध्यक्ष केसीले भने ‘ हामी सकभर त्यो संख्या अझैं बढोस भन्न चाहिरहेका छौं।’

पछिल्लो समय तुलसीपुरमा मात्रै झन्डै ५० को हाराहारीमा साइकल राइडरहरु रहेका छन् । घोराहीमा त्यो संख्या ३५÷४० को हाराहारीमा रहेको जानकारहरु बताउँछन् ।

‘पछिल्लो समय लामो समय भयो जिल्लामा साइकल टुर नभएको,’ साइकल सिटीका उपाध्यक्ष न्यौपानेले भने ‘ साथीहरुलाई उत्साह भर्न र आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि पनि यस्ता टुरहरु भइरहन आवश्यक हुन्छ।’साइकल टुरको माध्यमवाट आफ्नो सीमा नाकाको बस्तुस्थिति अवलोकन गर्ने र भविस्यका लागि त्यो रुट चेक गर्नका लागि पनि पहिलो पटक कोइलाबासको टुर आयोजना गरिएको न्यौपानेले बताए ।

‘ हाम्रो उदेश्य रुट चेकपनि गर्ने हो,’ जिल्ला साइकल संघका अध्यक्ष केसीले भने ‘ हाम्रो नाकामा हेर्न लायक धार्मिक र पर्यटकीय महत्वको ठाउँ के रहेछ ? भनेर पत्तालउनु पनि हो ।’

अहिले रुट चेक गरेर आएमा भविस्यमा कुनैपनि राइटहरु हुँदा रुट पहिचान गर्नुपनि भएको उनले जानकारी दिए । साइकल राइड स्वास्थ्य र वातावरणीय दृष्टिकोणले अतिले उपयुक्त रहेको हुँदा पछिल्लो समय दाङमा पनि साइकिङमा युवा युवतीहरुको समेत आकर्षण बढ्दै गएको एक जना साइकिलिष्ट रस्मि अधिकारीले जानकारी दिए ।

फाइल तस्बीर

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्