मोटरसाइकल चोरीका फरार प्रतिवादी पक्राउ – Kanika Khabar
Saturday, April 20Nepali News Portal

मोटरसाइकल चोरीका फरार प्रतिवादी पक्राउ

    मा प्रकाशित

कनिका खबर
असोज १५, दाङ ।
दाङमा मोटरसाइकल चोरीका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १६ का २२ वर्षीय अज्ञात पन्थी रहेको प्रहरीले जनाएको छ ।
उनलाई दाङ देउखुरी जिल्ला अदालतले २०७६ कार्तिक १९ गते मोटरसाइकल चोरी मुद्दामा १ महिना कैद र ३० हजार रुपियाको जरिवानाको सजाय सुनाएको थियो ।
अदालतले जरिवाना तथा सजाय तोकेपछि उनी फरार भएका थिए । लुकिछिपी बसेको अबस्थामा उनलाई प्रहरीले आज बिहीबार १२ बजेतिर लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको हो ।
उनलाई आज जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्