घरघरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र सम्मान – Kanika Khabar
Friday, April 19Nepali News Portal

घरघरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र सम्मान

    मा प्रकाशित

ओमप्रकाश गुप्ता
सिसहनियाँ १५ असोज
राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरीका गिताराम भट्टराई १०० वर्ष पुगे । चाउरी परेको अनुहार त्यसै गल्दै गएको शरीर उनलाई बेलाबेलामा विभिन्न स्वास्थ्य समस्याले घेरिरहन्छ । घरमै पुगेर स्वास्थ्यकर्मीले उनको चेकजाँच गर्न थालेपछि उनी खुसी भएका छन् । स्वास्थ्यकर्मी घरमै गएर उनको प्रेसर र सुगर चेक गरे । त्यसपछि उनलाई फलफूल दिनुका साथै खाँदा ओढाएर सम्मान पनि गरे ।

उनी जस्तै सोही ठाउँका ८१ वर्षीय दण्डपाणी ज्ञवालीलाई पनि उनकै घरमा पुगेर स्वास्थ्यकर्मीले सुगर र प्रेसर जाँच गरे अनि उनलाई पनि खादा लगाएर फलफूल दिए । एक्कासी आफनो घरमा स्वास्थ्यकर्मी आएर सेवा गरेको देखेर उनी पनि खुसी भए । भट्टराई र ज्ञवालीलाई जस्तै सोही ठाउँकै ८६ वर्षीया प्रेमकुमारी सिंह,अध्यक्ष विष्टका ७२ वर्षिया आमा धनादेवी विष्ट,७० वर्षीया परमेश्वरी चौधरी र ७७ वर्षीया क्वारादेवी ज्ञवालीको पनि सुगर र प्रेसर जाँच गरे अनि उनीह?लाई पनि खादा लगाएर फलफूल दिए ।

स्वास्थ्य सेवा पाएपछि पाँचै जना बुवाआमाह? खुसी भई धन्यवाद दिएका थिए । ३० औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा बिहीवार स्वास्थ्य शिक्षा सचेतना– सामुदायिक स्वास्थ्य संस्था (हिको) राप्ती गाउँपालिकाले राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरीका ५ जना ज्येष्ठ नागरिकको घर घरमा पुगेर स्वास्थ्य परीक्षण गर्नुका साथै फलफूल दिएर खादा ओढाइ सम्मान गरेको छ ।

संस्थाका अध्यक्षतथा विष्ट स्वास्थ्य पोलिक्लनीकका स्वास्थ्यकर्मी प्रकाश विष्टले स्वास्थ्य परीक्षण गरेका थिए भने नेत्र सहायक गौरी शाहीले आँखा चेकजाँच गरेकी थिइन् । स्वास्थ्य परीक्षण गरिएका ज्येष्ठ नागरिकह?मा केहीलाई सामान्य प्रेसर र सुगर बढेको पाइएको थियो । उनीह?लाई स्वास्थ्य परामर्श समेत दिइएको संस्थाका अध्यक्ष एवम् स्वास्थ्यकर्मी प्रकाश विष्टले जानकारी दिएका छन् । कार्यक्रममा संस्थाका उपाध्यक्ष गरिवु चौधरी र प्रेस संयोजक ओमप्रकाश गुप्ताको पनि सहभागिता रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्