कोरोना सङ्क्रमितको संख्या ३ करोड ४१ लाख नाघ्यो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कोरोना सङ्क्रमितको संख्या ३ करोड ४१ लाख नाघ्यो

    मा प्रकाशित

एजेन्सी ।

विश्वमा कोरोना सङ्क्रमितको संख्या ३ करोड ४१ लाख नाघेको छ । बितेको २४ घण्टामा ३ लाख १२ हजार ४३३ सङ्क्रमित थपिएसँगै कोरोना सङ्क्रमितको संख्या ३ करोड ४१ लाख ४६ हजार ५५८ पुगेको हो । त्यस्तै गत २४ घण्टामा ६ हजार १८४ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख १९ हजार २१२ पुगेको छ । विश्वभर ७७ लाख १५ हजार ६३१ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ६६ हजार ३५ को अवस्था गम्भीर छ । अहिलेसम्म २ करोड ५४ लाख १२ हजार ७३४ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै सङ्क्रमित अमेरिकामा छन् । अमेरिकामा २४ घण्टामा ४० हजार ९ सय २० सङ्क्रमित थपिएका छन् । त्यस्तै भारतमा एकैदिन ८६ हजार ७४८ सङ्क्रमित थपिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्