कोरोना अपडेट :नेपालमा कूल ७९ हजार ७ सय २८ जना सङ्क्रमित, ५७ हजार ३ सय ८९ डिस्चार्ज – Kanika Khabar
Wednesday, April 22Nepali News Portal

कोरोना अपडेट :नेपालमा कूल ७९ हजार ७ सय २८ जना सङ्क्रमित, ५७ हजार ३ सय ८९ डिस्चार्ज

    मा प्रकाशित

कनिका खबर
असोज १५, दाङ ।
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा आज बिहीबार थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । आज थपिएका सङ्क्रमितसँगै देशभर कुल सङ्क्रमितको संख्या ७९ हजार नाघेको छ । आज काठमाडौंमा ८ सय १७ जना थपिएका छन् । ललितपुरमा ६९ र भक्तपुरमा ५८ जना कोरोना सक्रमित देखिएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आजसम्म ७९ हजार ७ सय २८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ९ सय ६१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको मन्त्रालयको तथ्यांक छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म १० लाख ३३ हजार ९ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । देशभर ६ हजार ३ सय १० जना क्वारेन्टाइनमा छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्