खतिवडा राजदूतमा सिफारिस भएपछि नयाँ अर्थमन्त्रीको खोजी – Kanika Khabar
Sunday, March 15Nepali News Portal

खतिवडा राजदूतमा सिफारिस भएपछि नयाँ अर्थमन्त्रीको खोजी

    मा प्रकाशित

कनिका खबर
असोज १६, काठमाडौं
सरकारले तत्कालिन अर्थमन्त्री समेत रहनुभएका प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेसँगै अब अर्थमन्त्री को बन्ला ? भन्ने चासो बढेको छ । राष्ट्यिसभा सदस्यको पदावधि सकिएसँगै गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिनुभएका खतिवडालाई त्यसको केही दिनमै प्रधानमन्त्रीले विशेष आर्थिक सल्लाहकार नियुक्त गर्नुभएको थियो । त्यसपछि धेरैले अर्थमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हाल्न सक्ने बताउँदै आएका थिए । तर अब यो सम्भावना टरेकाले नयाँ अर्थमन्त्रीको खोजी हुने छ । अर्थमन्त्रालयको जिम्मेवारी पाउने चर्चा चलेका नेकपा उपाध्यक्ष बामदेब गौतम बिरुद्धको मुद्दा सर्वोच्चमा छ भने महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको नाम पनि चर्चामा रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्