त्रिशुली नदीमा ट्रक खस्यो, तीन जना घाइते – Kanika Khabar
Friday, April 19Nepali News Portal

त्रिशुली नदीमा ट्रक खस्यो, तीन जना घाइते

    मा प्रकाशित

कनिका खबर
असोज १७, चितवन ।
त्रिशली नदीमा ट्रक खस्दा ३ जना घाइते भएका छन् । भैरहवाबाट काठमाडौँका लागि छुटेको ट्रक पृथ्वी राजमार्ग अन्तर्गत चितवनको कुरिनटारबाट त्रिशूली नदीमा खसेको हो ।

भैरहवाबाट सिमेन्ट लिएर छुटेको ना ५ ख ९६२२ नम्बरको इच्छाकामना गाउँपालिका ४ कुरिनटारस्थित एक मोडबाट साढे ४ बजेतिर त्रिशूली नदी किनारमा खस्दा तीन जना घाइते भएका छन्।

घाइते हुनेमा ट्रक चालक धादिङ गल्छी गाउँपालिका( ७ का २७ वर्षीय रोहित तमाङ, सहचालक सोही ठाउँका १९ वर्षीय राजकुमार लोप्चन र धादिङ थाक्रेका २३ वर्षीय अर्जुन रुम्बा रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्