चाडपर्व नजिकिदै गर्दा जुवाडेहरु पक्राउ पर्न थाले, बढ्यो प्रहरीको सक्रियता, दाङको राप्ती गाउँपालिकाबाट १० र बबई गाउँपालिकाबाट ८ जना पक्राउ – Kanika Khabar
Friday, April 19Nepali News Portal

चाडपर्व नजिकिदै गर्दा जुवाडेहरु पक्राउ पर्न थाले, बढ्यो प्रहरीको सक्रियता, दाङको राप्ती गाउँपालिकाबाट १० र बबई गाउँपालिकाबाट ८ जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
असोज १७, दाङ ।
दाङमा जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । जिल्लाको राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियाँ बजारस्थित दर्शन खाजाघरबाट हिजो शुक्रबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जुवाको खालबाट २ लाख ६० हजार १ सय २५ रुपियाँ, खोलेको ४ गड्डी र नखोलेको ४२ गड्डी ताससमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा राप्ती गाउँपालिका वडा नं. ७ बस्ने ३७ वर्षीया दिपेन्द्र बिक्रम शाह, २९ वर्षीय मोहन गाहा मगर, रोल्पाको सिनिलस्मृति गाउँपालिका वडा नंं ७ बस्ने २८ वर्षीय नारायण रोका मगर, राप्ती गाउँपालिका वडा नं. २ का ३० वर्षीय बिक्रम राना, वडा नं. ८ का ३० वर्षीय श्याम गुरुङ, वडा नं. २ का २८ वर्षीय बसन्त बेल्बासे, वडा नं. ४ का ३० वर्षीय लक्ष्मण गिरी, वडा नं. ५ का ३० वर्षीय छोटेलाल चौधरी, वडा नं. ८ का ४५ वर्षीय बेलसिंह भैयामगर र वडा नं. २ का ३८ वर्षीय युवराज बुढा रहेका छन् ।
यस्तै हिजो शुक्रबार राति नै दाङ जिल्लाको बबई गाउँपालिका वडा नं. ३ धनुवासका केश कुमार बि(.क.का घरमा जुवा खेलिरहेको अबस्थामा नगद २ लाख ६१ हजार ९९० रुपियाँसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बबई गाउँपालिका वडा नं. ४ धनसबासका ३७ वर्षीय केशकुमार बि.क., ४३ वर्षीय लोकबहादुर खड्का,४९ वर्षीय पर्साराम बि.क., २४ वर्षीय प्रेम पुन, वडा नं. ४ का ३२ वर्षीय बिनबहादुर घर्ती, २९ वर्षीय बिक्की नेपाली र २९ वर्षीय भाइलाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्