आजदेखि दाङ महिला जेसीजको ‘जेसीज सप्ताह २०२०’ सुरु – Kanika Khabar
Saturday, January 17Nepali News Portal

आजदेखि दाङ महिला जेसीजको ‘जेसीज सप्ताह २०२०’ सुरु

    मा प्रकाशित

कनिका खबर
असोज १८, दाङ ।


आज आइतबारदेखि दाङ महिला जेसीजको ‘जेसीज सप्ताह २०२०’ सुरु भएको छ । दाङ महिला जेसीजले ‘समृद्ध समाजका लागि असल नेतृत्व’ मुल प्रकरणका साथ जेसीज सप्ताह मनाउन थालेको हो ।
जेसीज सप्ताह अन्तर्गत विभिन्न कार्यक्रमको तय गरिएको छ । आज जेसीज सप्ताहको उद्घाटन तथा वृक्षारोपण कार्यक्रम रहेको छ । जसको संयोजकमा बसन्ता भण्डारी रहेकी छिन् ।
१९ गते निमा कुमारी सुनारको संयोजकत्वमा रक्तदान कार्यक्रम राखिएको छ । २० गते शारीरिक अपाङ्गता तथा विपन्न परिवारलाई सहयोग कार्यक्रमको तय गरिएको छ । जसको संयोजकमा अर्चना शर्मा रहेकी छिन् । २१ गते सुजन पौडेलको संयोजकत्वमा सामाजिक मनोपरामर्श तथा मास्क वितरण कार्यक्रम राखिएको छ । २२ गते शर्मिला भण्डारीको संयोजकत्वमा सन्देशमुलक साहित्यिक रचना बाचन कार्यक्रम रहेको छ । २३ गते दिलु मल्लको संयोजकत्वमा सीपमुलक तालिमको आयोजना गरिएको छ भने २४ गते सिन्धु रिजालको संयोजकत्वमा कार्यक्रमको समापन तथा संस्थागत सम्मान कार्यक्रमको आयोजना गरिएको २०२० की अध्यक्ष जीबा भुषालले जनाएकी छिन् । कार्यक्रमको मूल संयोजक नारायणी भण्डारी रहेकी छिन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्