प्रदेश ५ स्थायी राजधानी र नामाकरणमा मतदान गर्न नेकपाको ह्विप, संसदीय दलमा फरक मत – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

प्रदेश ५ स्थायी राजधानी र नामाकरणमा मतदान गर्न नेकपाको ह्विप, संसदीय दलमा फरक मत

    मा प्रकाशित

कनिका खबर
असोज १८, दाङ ।

सत्तारुढ दल नेकपाले आफ्ना संसदलाई प्रदेश नं. ५ को प्रदेश सभामा पेस भएको स्थायी राजधानी र नामाकरणको प्रस्तावमा मतदान गर्न श्विप जारी गरेको छ ।

मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारका तर्फबाट शुक्रबार प्रदेशसभामा प्रस्तुत स्थायी राजधानी र नामाकरणको प्रस्तावमा मतदान हुँदा अनिवार्य उपस्थित हुन र प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरेको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

कसैले पनि संसदीय दलको ह्वीपको उल्लङ्घन गरेमा उल्लङेघन गर्नेलाई पार्टी विधानबमोजिम कारवाही हुनेसमेत चेतावनी दिइएको उनले बताए । पाल्पा, रुपन्देही र कपिलवस्तुका प्रदेशसभा सदस्यले कपिलवस्तुमा राजधानी हुनुपर्ने धारणासहित सरकारको तर्फबाट प्रस्ताव गरिएको विषयमा फरक मत आएको सार्वजनिक भएको छ ।

सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेशसभामा प्रस्ताव पेश गरेको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले यस्तो प्रस्ताव पेश गरेका हुन् ।

सरकारले दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगङ्गा नगरपालिकाले ओगटेको राप्ती नदीले चर्चेको किनारको भाग देउखरी उपत्यकालाई प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव गरेको छ ।

संसदीय दलमा फरक मत

सरकारले प्रदेशको राजधानी सार्ने प्रस्तावप्रति नेकपाको शनिबारको संसदीय दलको बैठकमा रुपन्देही, कपिलवस्तु र पाल्पाका १४ जना सदस्यले असहमति जाहेर गर्दै फरक मत दर्ज गरेका छन् ।

फरक मत दर्ज गर्नेमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, डा.कृष्ण न्यौपाने, दधिराम न्यौपाने, सुनिता ठडेर, तुलसीप्रसाद चौधरी, थानकुमारी थापा, विमला पन्थी, पाल्पामा युवराज खनाल, नारायण आचार्य, रमा घर्तीमगर र डा पुरन बज्राचार्य रहेको प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले जानकारी दिए ।
यस्तै कपिलवस्तुका प्रदेश सदस्य विष्णुप्रसाद पन्थी, धर्मबहादुर लाल श्रीवास्तव, फौजिया मियाँले पनि फरक मत दर्ज गरेका छन् ।
उक्त प्रस्तावमाथि यही असोज १९ गतेदेखि छलफल शुरु हुने प्रदेशसभाको कार्यक्रम छ ।

 

यो पनि पढ्नुहोस्

असोज २१ गतेसम्म बुटवल उपमहानगरपालिकाका १२ स्थानलाई निषेधित क्षेत्र घोषणा

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्