केही स्थानमा हल्का वर्षाको अनुमान – Kanika Khabar
Friday, March 29Nepali News Portal

केही स्थानमा हल्का वर्षाको अनुमान

    मा प्रकाशित

कनिका खबर
असोज १८, दाङ ।
आज आइतबार नेपालका केही स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र सक्रिय हुँदा मुलुकका पाँच वटा प्रदेशमा हल्का वर्षा हुने बताइएको छ ।
उत्तरपश्चिम वंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो र राति पनि प्रदेश १, प्रदेश २, बागमती,गण्डकी र प्रदेश ५ मा वर्षाको पूर्वानुमान गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्