कोरोना अपडेट : थप २२५३ जनामा कोरोना पुष्टि, १३२९ जना डिस्चार्ज र थप ७ जनाको मृत्यु – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोना अपडेट : थप २२५३ जनामा कोरोना पुष्टि, १३२९ जना डिस्चार्ज र थप ७ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज १८, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २ सय ५३ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय २९ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म निको हुनेको संख्या ६४ हजार ६८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ७ जनाको मृत्यु भएको जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २ हजार २५३ जना संक्रमित थपिएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।

एकैदिन १ हजार ३२९ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म निको हुनेको संख्या ६४ हजार ६८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९ पुगेको छ । उनीहरु संस्थागत तथा होम आइसोलेसनमा छन् । ४ हजार २०३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्