सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन आग्रह – Kanika Khabar
Friday, April 26Nepali News Portal

सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन आग्रह

    मा प्रकाशित

विवेक खड्का
असाेज १८, दाङ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एकल महिला, अपाङ्गता भएका व्यक्तिलगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने व्यवस्था तत्काल मिलाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।

गत चैतदेखि एकल महिला र अतिअशक्तको सामाजिक सुरक्षा भत्ता कटौती भएको पाइएपछि महिला मन्त्रालयले त्यसलाई निरन्तरता दिने गरी तत्काल व्यवस्था मिलाउन पत्राचार गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा समेत हाल सम्म दिइँदै आएका सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने भन्ने उल्लेख भएकाले निरन्तरता हुने व्यवस्था मिलाउन पत्राचार गरिएको पत्रमा उल्लेख गरिएको छ ।

गत चैतदेखि एकल र अतिअशक्त अपाङ्गता भएका व्यक्ति/वर्गको सामाजिक सुरक्षा भत्ता कटौती भएको भनी राष्ट्रिय अपाङ्ग महासङ्घ–नेपालले महिला मन्त्रालयमा निवेदन दिएपछि सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिएको हो ।

यसअघि गृह मन्त्रालयलाई पनि सोही व्यहोराको पत्राचार गरिएको थियो ।

यसैबीच महिलामन्त्री पार्वत गुरुङले सामाजिक सुरक्षा भत्ता कटौती हुन नदिने दृढता व्यक्त गरेका छन् ।

उनले केही समययता ती भत्ता रोकिएको भनिए पनि त्यसलाई निरन्तरता दिन आवश्यक पहल कदमी लिइएको स्पष्ट पारे ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्