पत्रकार महासंघकाे ध्यानाकर्षण – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

पत्रकार महासंघकाे ध्यानाकर्षण

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २८, दाङ ।
भारतले तिब्बतकाे मानसरोवर जाेड्ने मार्ग बनाएकाेप्रति तीव्र विराेध भएकाे छ । यसैबिचमा नेपाल पत्रकार महासंघले भारतद्वारा नेपाली भूमि अतिक्रमण गरी दार्चुलास्थित व्यास गाउँपालिका–१ को गुञ्जीदेखि लिपुलेकसम्म करिव २२ किलोमिटर सडक निर्माण गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका तर्फवाट महासचिव रमेश बिष्टले जारीको गरेको बिज्ञप्तीमा दुई देशबीच सहमति र सन्धि भई सीमाको सिमाङ्कन भइसकेको अवस्थामा भारतद्वारा त्यसलाई नजरअन्दाज गरी एकपक्षीय ढंगबाट सडक निर्माण गरिनु आफैंमा दुःखद् र खेदजनक कार्य भएको उल्लेख छ । त्यसैगरी बिज्ञप्तीमा भारतको यो कदमले नेपालको सार्वभौमसत्तामा आघात पुग्नुका साथै दुई देशबीचको प्रगाढ सम्बन्धमा समेत खलल् पुग्ने खतरा बढेको महासंघको ठहर रहेको बताइएको छ । महासंघ भारतद्वारा गरिएको यो अतिक्रमण तत्काल रोक्न र कूटनीतिक पहलद्वारा समस्या समाधान गरी दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ बिज्ञप्तिमा भनिएकाे छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्