फास्ट ट्रयाकको विवादको चुरो खोज्दै योजना आयोगका उपाध्यक्ष स्थलगत निरिक्षणमा – Kanika Khabar
Friday, April 26Nepali News Portal

फास्ट ट्रयाकको विवादको चुरो खोज्दै योजना आयोगका उपाध्यक्ष स्थलगत निरिक्षणमा

    मा प्रकाशित

कनिका खबर
असोज १९, काठमाडौं
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले गौरवको परियोजना काठमाडौं निजगढ द्रुत मार्गको निरिक्षण गर्नुभएको छ । ललितपुरको भैंसेपाटी, खोकना, सिकाली चौर, बुङमती र मख्खुबेसी खण्डमा आयोजना निर्माणको क्रममा देखिएको समस्यालाई स्थलगत अध्ययन गर्न उपाध्यक्ष कँडेल प्रधानमन्त्रीका पूर्वाधार विकास विज्ञ गजेन्द्र थपलिया र राष्ट्रिय योजना आयोगका अनुगमन महाशाखा प्रमुख डा. बासुदेव शर्मालाई साथमा लिएर आयोजना स्थलमा पुग्नुभएको हो । निरिक्षणका क्रममा उपाध्यक्ष कँडेलले ललितपुर जिल्ला समन्वय समितिका उपप्रमुख बिनेश महर्जन लगायत स्थानीयसँग समस्याबारे जानकारी लिनुभएको छ । स्थलगत निरिक्षणका क्रममा उनीहरूले मुआब्जा विवाद, सम्पदा संरक्षण र एकीकृत विकासलाई केन्द्रित गरी सहजिकरण गरिदिन माग गरेका थिए । परियोजना निर्माणको जिम्मा लिएको नेपाली सेना र स्थानीयबीच निर्माणाधिन परियोजनको निर्माणका क्रममा देखिएको विवाद स्थलगत रुपमा बुझेपछी समस्या समाधान गर्न सहज हुने भएकोले स्थलगत निरिक्षणमा निस्किएको उपाध्यक्ष कँडेलले बताउनुभयो । जग्गा अधिग्रहण, सिकाली, खोकना तथा बुङमती क्षेत्रको साँस्कृतिक सभ्यता आदिमा निर्माण पक्ष र स्थानीयबीच विवाद रहँदै आएको छ । विवादका कारण परियोजना कार्यान्वयनमा समस्या उत्पन्न हुने देखिएपछि प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय गौरवका परियोजनाको प्रगति समिक्षा चलिरहेकै बीचमा शनिबार पारेर उहाँ स्थलगत निरिक्षणमा निस्कनु भएको हो । उपाध्यक्ष कँडेलले समयमै समस्याको सुक्ष्म अध्ययन गरेर समाधान गर्न नसकिए परियोजनाको अवधि लम्बिने र राज्यलाई थप आर्थिक नोक्सानी हुने बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्