सिन्धुलीका निजी विद्यालयहरूले ५ महिनाको शुल्क नलिने, शिक्षकहरूले पनि तलब पाउने – Kanika Khabar
Friday, April 26Nepali News Portal

सिन्धुलीका निजी विद्यालयहरूले ५ महिनाको शुल्क नलिने, शिक्षकहरूले पनि तलब पाउने

    मा प्रकाशित

कनिका खबर
असोज १९, सिन्धुली
निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) मा आबद्ध सिन्धुलीका निजी विद्यालयहरुले ५ महिनाको शुल्क नलिने भएका छन् । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) सिन्धुलीले आईतवार हिजो सिन्धुलीमाढीमा पत्रकार सम्मेलनको आयोजना गरी विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण पठन पाठन नभएको ५ महिनाको कुनै पनि शुल्क नलिने घोषणा गरेको हो । कोरोना भाईरसका कारण सिर्जित विषम् परिस्थितिलाई ध्यानमा राख्दै प्याब्सन सिन्धुलीमा आबद्ध सबै विद्यालयहरुले २०७७ बैशाखदेखि भदौंसम्मको कुनै पनि शुल्क नलिने प्याब्सन सिन्धुलीका अध्यक्ष राजेश मास्केले बताउनुभयो । ‘कोरोना भाईरसको महामारीले गर्दा अन्य क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि पूरै संकटमा परेको छ । निजी विद्यालय सञ्चालक पनि संकटमा छन् भने विद्यार्थी र अभिभावक पनि अन्यौलमै छन् । यो महामारीमा हामी विद्यालय सञ्चालक त संकटमै छौ । विद्यार्थी र अभिभावक पनि समस्यामै छन् । संगठनमा आबद्ध सबै विद्यालयहरुबिच छलफल गरेर पढाई हुन नसकेको ५ महिनाको शुल्क नलिने निर्णय गरेका हौं’ – अध्यक्ष मास्केले भन्नुभयो । कोरोना भाईरसका कारण निजि विद्यालय सञ्चालकहरू संकटमा रहेपनि निजी विद्यालयहरुले महामारीको विषम् परिस्थितिमा सामाजिक उत्तरदायित्व बहन गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न शुल्क मिनाहा गरिएको उहाँले बताउनुभयो । प्याब्सन सिन्धुलीले अहिले बैकल्पिक माध्यमबाट अनलाईन कक्षा, होमवर्क प्याकेज, भर्चुअल कक्षा र रेडियोबाट पनि पठनपाठनलाई निरन्तर्ता दिएको छ । बैकल्पिक माध्यमबाट भएका पठनपाठनको पनि बैशाखदेखि भदौं सम्मको शुल्क नलिईने अध्यक्ष मास्केले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्