दाङमा सशुल्क कोरोना परीक्षण गर्नेको संख्या बढ्दै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दाङमा सशुल्क कोरोना परीक्षण गर्नेको संख्या बढ्दै

    मा प्रकाशित

सलिना न्यौपाने
दाङ, १९ अश्विन ।
स्थानीय सरकारले कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्न छाडेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सशुल्क स्वाब परीक्षण गर्नेहरुको संख्या बढेको छ । स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानलाई शुल्क लिएर कोरोना परीक्षण गर्न स्विकृति दिएको केही दिनसम्म फाटफुट रुपमा मात्रै परीक्षणका लागि आउने गरेकोमा अहिले दैनिक ४० जना भन्दा बढी परीक्षणका लागि आउने गरेको प्रतिष्ठानका शाखा अधिकृत रोसन आचार्यले बताए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना परीक्षण केन्द्रमा कोरोना परीक्षण गराउन चाहनेहरु बिहानैबाट लाइन लाग्ने गरेका छन् । संघीय सरकारले लक्षण नदेखिएकाहरुको कोरोना परीक्षण नगर्ने र कन्ट्याक्क ट्रेसिङ पनि नगर्ने भनेपछि स्थानीय सरकारका रुपमा रहेका दाङका पालिकाहरुले कोरोना परीक्षण गर्नै छाडेका छन् । यस्को मारमा परेका सर्वसाधारण शुल्क तिरेर कोरोना परीक्षण गराउन बाध्य भएका हुन् । प्रतिष्ठानले अहिलेसम्म करिब ५ सय जनाले शुल्क तिरेर कोरोना परीक्षण गराएको जनाएको छ । प्रति व्यक्ति दुई हजार रुपियाँ शुल्क तिरेर कोरोना परीक्षण गराउन पुग्नेहरुमा काम विशेषले अर्को जिल्ला वा विदेश जान चाहनेहरु पनि रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्