थप १९ जना कोरोना संक्रमितको मृत्यु, योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४५ – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

थप १९ जना कोरोना संक्रमितको मृत्यु, योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४५

    मा प्रकाशित

कनिका खबर
असोज १९, काठमाडौं
नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा देशभर २ हजार ४४० संक्रमित थपिएको जानकारी दिएको छ ।
अब नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।

त्यस्तै एकैदिन १ हजार १३३ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६५ हजार २०२ छ ।

अहिले नेपालमा २३ हजार ५०७ जनामा सक्रिय संक्रमण छ । उनीहरु संस्थागत तथा होम आइसोलेसनमा छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्